चाडपर्व वा तीज बचत

विभिन्न चाडपर्वहरुमा ठुलो धनरासी खर्च हुने भएकोले नियमित आम्दानी नभएका सदस्य तथा परिवारलाई हुने खर्चको भार कम गर्न चाडपर्वको नाम किटान गरी बचत जम्मा गर्न सकिन्छ । यस बचत खाताका चाडपर्वको नाम किटान गरी रकम बचत गर्नुपर्ने छ । तर तीज बचत भने महिला सदस्यलाई मात्र लागु हुने छ ।
  •  यस खातामा जतिसुकै रकम पनि चाडपर्वको नाम किटानी गरी जम्मा गर्न सकीनेछ
  •  यस खातामा सञ्चालक समितिले तोके अनुसार व्याज दिइनेछ । प्राप्त ब्याज आर्थिक वर्षको पौष मसान्त र आषाढ मसान्तमा सम्बन्धित सदस्यको खातामा जम्मा गरी पूँजीकरण गरिनेछ ।
  • तोकिएको चाडपर्व बाहेक अन्य प्रयोजनमा यो रकम बचत झिक्न पाइने छैन ।
  • उल्लेखित ब्याजदरमा सञ्चालक समितिले समय अनुसार समायोजन गर्न सक्नेछ । तोकिएको चाडपर्वको समयमा मात्र झिक्न सकिन्छ साथै तिज बचत तिजमा मात्र झिक्न सकिन्छ । खातामा न्युनतम रु ५००÷– अनिवार्य हुनुपर्दछ जुन रकम सदस्यले निकाल्न पाउने छैन ।

विशेषताहरु::

  •  यो खाता सुचारु गर्न रु ५०० अनिवार्य हुनुपर्दछ ।
  •  चाडपर्व बचत जुनबेला पनि राख्न सकिन्छ ।
  •  चाडपर्वको समयमा मात्र झिक्न सकिन्छ साथै तीज बचत तीजमा मात्र झिक्न सकन्छ ।
  •  खातामा ज्यूनतम रु ५०० अनिवार्य हुनुपर्दछ ।