SHROT

About Us

आठारौं शाताब्दिको उत्तराद्र्ध तिर भएको औद्योगीक क्रान्तिको प्रभावबाट बेलायतको आर्थिक तथा सामाजिक क्षेत्रमा आएको परिवर्तनको उपलब्धिको रुपमा सहकारी आन्दोलनको उदय भएको हो । औद्योगिक क्रान्तिबाट पिडित केही व्यक्तिहरुले समस्या निराकरणका लागि खाजेको परिणाम नै आजको आन्दोलनको विकसीत रुप हो ।
गरिब तथा कम पूँजी भएको नेपाली जनताको आर्थिक उत्थान गर्दै सम्बृद्ध नयाँ नेपालको निर्माणमा सहकारी संस्थाका भूमिका महत्वपूर्ण हुने कुरामा दुईमत छैन । सबै एकका लागि तथा एक सबैका लागि भन्ने विचारलाई मनन गर्दै आज भन्दा २३ वर्ष अघि श्रोत परिचालन प्रतिष्ठान नामक गैर सरकारी संस्थामा क्रियाशिल सक्रिय नौ जना यूवाहरुको पहलमा २६ जना व्यक्तिहरु मिलि स्थापना भएको श्रोत परिचालन बचत तथा ऋण सहकारी संस्था हो । स्थापना कालदेखी नै सहकारीको अपरिहार्यता, इमान्दारीता र पारदर्शिता भन्ने सिद्धान्तलाई अङ्गिकार गर्दै आफ्नो कार्य सञ्चालन गर्दै धादिङ जिल्लाकै उत्कृष्ठ बचत तथा ऋण सहकारी संस्थाको रुपमा पहिचान कायम गर्न सफल भएको छ ।

संस्थाको प्रतिस्पर्धा केवल समान प्रकृतिका संस्थासँग मात्र छैन संस्थाले घ वर्गका वित्तिय संस्थादेखी वाणिज्य बैक सँग समेत प्रतिस्पर्धा गर्नु परेको छ । त्यस्तै कुरालाई मनन गर्दै संस्थालाई प्रतिस्पर्धात्मक बनाउन २०६९ चैत्र देखी नेफस्कुन द्धारा सञ्चालित प्रोवेशन (Programme for building absolute and professionalization- PROBATION) कार्यक्रममा सहभागी भई PROBATION SUCCEED को ब्राण्ड निरन्तर ७ पटक सम्म प्राप्त गर्न सफल भएको छ । साथै संस्थाले २०७२ जेष्ठमा ACCESS (A One Competitive Choice for Excellence in Service and Soundness) कार्यक्रमको सम्झौता गरि निरन्तर ACCESS ब्राण्ड प्राप्तीकालागी काम गरिरहेको छ ।
आबद्धता (Affiliation)

१. नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ
२. जिल्ला सहकारी संघ
३. जिल्ला बचत तथा ऋण सहकारी संघ
४. राष्ट्रिय सहकारी बैक

 

परिकल्पना::

सम्पुर्ण वित्तिय समाधान सहित नेपालको उत्कृष्ट सहकारी

 

ध्येय::

प्रविधिमा आधारित सर्वसुलभ गुणस्तरीय वित्तिय सेवाहरु मार्फत सदस्यहरुको आर्थिक, समाजिक तथा साँस्कृतिक उन्नती गर्ने ।

दीर्घकालीन उद्देश्यहरु::
सदस्यहरुको सामाजिक र आर्थिक हितलाई ध्यानमा राखी काम कारबाही गर्नु संस्थाको उद्देश्य हुनेछ ।

क) संस्थामा संलग्न सदस्यहरु र जनसमुदाय विच स्वाबलम्बन, पारस्पारीक सहयोग एवं मितव्ययिताको अभिबृद्धि गरी नियमित बचत गर्ने बानी प्रबद्र्धन गर्ने ।

ख) नियमित रुपमा सदस्यहरुबाट प्राप्त बचत निक्षेपको प्रभावकारी परिचालन गर्नु,गराउनु ।

ग) उत्पादनशिल, आयमुलक सीप मुलुक उद्देश्यका लागी सदस्यहरुलाई उचित व्याज दरमा ऋण प्रदान गरी गराइ त्यसको प्रभावकारी सदुपयोगमा जोड दिनु ।

घ) आत्मनिर्भर तथा आत्म विश्वास सम्बन्धी धारणा बारे सदस्यहरुलाई ज्ञान दिई प्रयोग तर्फ उतप्रेरीत गर्ने ।

ङ) आफ्ना सदस्यहरुसँग नियमित बचत –निक्षेप संकलन गरी परिचालन गर्ने र उनिहरुले गरेको निक्षेपमा प्रतिस्पर्धात्मक दरमा व्याज दिने ।

च) सदस्यको आर्थिक अवस्थाको विकास र प्रवद्र्धनमा राष्ट्रिय तथा अन्तराष्ट्रिय संगठनहरु संग सहकार्यका लागि गठित सहकारीहरुको छाता संघ संगठनको सदस्यता प्राप्त गर्ने ।

छ) दातृ संस्थाहरुबाट सर्त नराखी प्राप्त हुने आर्थिक सहयोग तथा अनुदानहरु स्वीकार गर्ने ।

ज) आफ्नो उद्देश्य पुरा गर्नका लागि समान उद्देश्य भएका स्थानीय, क्षेत्रीय, राष्ट्रिय र अन्तराष्ट्रिय संस्थाहरु संग सहयोगात्मक भावनाको विकास गर्ने ।

झ) आफ्ना सदस्यहरु, अन्य सहकारी संघ र वित्तीय निकायहरुबाट ऋण लिने र परिचालन गर्ने ।

ञ) वातावरण संरक्षण सम्बन्धि आवश्यक संचालन गर्ने

ट) सदस्यहरुको समृद्धि र विकास लाई अधिकतमम ध्यानमा राख्दै सहकारी ऐन, नियमहरु र यस विनियममा व्यवस्था भए बमोजिम दैनिक कार्य सञ्चालनका साथै चल अचल सम्पत्ति आर्जन गर्ने, क्रय बिक्रय, विनिमय गर्ने, हस्तान्तरण गर्ने, धरौटि राख्ने आदि गर्ने ।