ऐच्छिक रुपमा रकम जम्मा तथा झिक्न सकिने साधारण बचत खाता हो । यस खातामा न्यूनतम रु ५०० राखि दैनिक रुपमा एक भन्दा धेरै पटक बचत गर्न तथा बचत फिर्ता लिन सकिन्छ । यस खाता संचालकले निशुल्क रुपमा भूक्तानी पूर्जा, पासबुक तथा बचत विवरण प्राप्त गर्दछन । साथै निशुल्क रुपमा मोवाईल बैंकिङ र मिसकल मोवाइल रिचार्ज सेवा पनि सुचारु गर्न सकिन्छ ।
अ) सदस्यहरुले यस खातामा जुनसुकै बेलामा जति पनि रकम जम्मा गर्न सक्नेछन् ।
आ) यस खातामा तोकिए अनुसार दैनिक मौज्दातमा ब्याज प्रदान गरिनेछ । व्याजको भुक्तानी सोही खातामा आर्थिक वर्षको २ पटक (पौष र असार मसान्त)मा जम्मा गरिनेछ ।
इ) बचतकर्तालाई पासबुक र नगद भुक्तानी पुर्जा (चेक) निशुल्क रुपमा उपलब्ध गराइनेछ । साथै आवश्यकता अनरसार बचत बिबरण(स्टेटमेन्ट) उपलब्ध गराइनेछ ।
ई) यस खाताबाट जुनसुकै बेला पनि रकम झिक्न सकिनेछ ।
उ) यस खातामा न्यूनतम रू. ५०० ब्यालेन्स राख्नुपर्दछ ।
ऊ) यस खाता बाट मोवाईल बैंकिङ तथा मिसकल मोवाईल रिचार्ज सेवा समेत निशुल्क रुपमा चलाउन सकिन्छ । ३६५ दिन २४ सै घण्टा सेवा निरन्तर प्राप्त गर्न सकिन्छ ।